काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल कन्भिन्स हुँदा पनि अन्य दलले कुरा नबुझेको बताएका छन् ।

आज (मंगलबार) पार्टीेको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साधिएको बताए । उनले भिजिट भिसा प्रकरणमा अध्यागमनका तत्कालीन प्रमुखमाथि अहिले छानविन चलिरहेको उनले जानकारी गराए । ‘प्रमुख प्रतिपक्षी दल यसमा कन्भिन्स भएको छ। अरुले कुरा बुझ्नु भएको छैन। राजनीतिक ढंगले अघि बढाउनु उचित हुँदैन,’– उनले भने ।

advertisement

उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे । अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गर्ने वित्तिकै आफूमाथि संलग्न भएको जसरी प्रचार गरिएको उनलेब ताए । ‘म के निवेदन गर्न चाहन्छु भने यो राजनीतिक संयन्त्रले प्रतिशोध साँध्ने गरी गरेको प्रचारको विषय हो,’– उनले भने ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com