काठमाडौँ ।  नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन ले भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि भविष्यमा हार्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा महावीर पुन ले लेखेका छन्– “आगामी रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीलाई नियमको दायरामा राखेर कहिल्यै उठ्न नपाउने बनाउनु पर्छ। नियमले रोक्न नसके तुरुन्त नयाँ नियम बनाइनुपर्छ। यदि सरकारले भ्रष्टाचार रोक्न सक्दैन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि समयक्रममा हार्नेछ।”

उनले थपे, “तीन महिनाभित्र जनताले सुशासनको अनुभूति गर्न सकुन्। भ्रष्टाचार र कुशासन हटाउन म सरकारलाई पूर्ण सहयोग गर्नेछु।”

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com