काठमाडाैं । शुक्रबार बिहान रुसले ५ सय वटा मिसाइल र ड्रोनले युक्रेनमाथि आक्रमण गरेको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यी मध्ये २७० वटा मिसाइल हावामै खसालिएको दाबी गरेका छन्।

यसबाहेक ३३० वटा शाहेद ड्रोनहरू पनि थिए। यी मध्ये २०८ वटा ड्रोनहरू इलेक्ट्रोनिक प्रणाली मार्फत जाम गरिएका थिए। यी ड्रोनहरू इरानमा बनेका हुन्।

यस आक्रमणको सबैभन्दा ठूलो निशाना राजधानी किभ थियो। किभ बाहेक डिनिप्रो, सुमी, खार्किभ, चेर्निहिभ र वरपरका क्षेत्रहरूमा पनि क्षति पुगेको छ। किभका मेयर भिटाली क्लिट्स्कोले यस आक्रमणमा कम्तीमा २३ जना घाइते भएका र तीमध्ये १४ जनालाई अस्पताल भर्ना गर्नु परेको बताए।

यस आक्रमणले किभका धेरै क्षेत्रहरूमा अपार्टमेन्ट भवनहरू, पसलहरू, एउटा विद्यालय, एउटा अस्पताल, रेलवे लाइनहरू र अन्य महत्त्वपूर्ण संरचनाहरूमा क्षति पुर्‍यायो। किभ इन्डिपेन्डेन्टका अनुसार जुलाई ३ मा राति १० बजेदेखि विस्फोटको आवाज सुनिएको थियो र जुलाई ४ को बिहानसम्म जारी रह्यो। एजेन्सी

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com