काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि वर्तमान सत्तागठबन्धन तोड्ने रणनीति अघि बढाइरहेको गम्भीर आरोप लगाएका छन्।

जनकपुरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले सत्तागठबन्धन भत्काउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय रहेको र त्यसको नेतृत्व स्वयं प्रचण्डले गरिरहेको दाबी गरे।

advertisement

उनका अनुसार स्वतन्त्र सांसदहरू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रचण्डको अभियानमा परोक्ष समर्थन गरिरहेका छन्। गठबन्धनभित्रकै केही सांसदहरूलाई हालको सत्ता संरचना मन नपरेको जनाउँदै उनले ती सांसदहरू पनि अस्थिरता निम्त्याउने प्रयासमा संलग्न रहेको बताए।

यद्यपि महासेठले हालसम्म सरकार संकटमा नपरेको स्पष्ट पार्दै, सत्तागठबन्धन टिकिरहने विश्वास व्यक्त गरे। “वर्तमान सत्तासंयोजनको विकल्प अहिलेको अवस्थामा देशमा देखिँदैन,” उनले भने।

महासेठले गठबन्धनलाई अस्थिर बनाउने प्रयत्न सफल नहुने दाबी गर्दै राष्ट्रिय हितका लागि स्थिरता र सहकार्य आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com