काठमाडौं  ।  करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोजकुमार भेटवाल एक सातामै रिहा भएका छन्।

उनी असार १३ गते पक्राउ परेका थिए। सोही दिनबाट गणना हुने गरी असार १५ मा अदालतले ६ दिनको म्याद थप गरेको थियो। तर, त्यसपछि म्याद थप नगरिएपछि उनी असार १९ गते स्वतस् छुटेका हुन्।

पक्राउ परेपछि भेटवाल तत्काल अस्पताल भर्ना भएका थिए। उनी अस्पतालमै रहँदै जिल्ला अदालत काठमाडौंमा म्याद थपको लागि उपस्थित भएका थिए। तर, स्वास्थ्य कारण देखाउँदै अदालतले थप म्याद नदिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए।

“स्वास्थ्य अवस्था देखाएर अदालतले म्याद थप अस्वीकृत गर्‍यो, त्यसपछि हामीसँग कुनै विकल्प थिएन,” एसपी बोहरा भन्छन्।

करिब १० करोडको चेक बाउन्ससम्बन्धी उजुरीका आधारमा भेटवाल पक्राउ परेका थिए। तर, उनी पक्राउ परेको एक हप्तामै छुटेपछि प्रहरीको कारबाही प्रभावकारिता र प्रणालीप्रति पुनः प्रश्न उठेको छ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com