काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी सम्भावित प्रधानमन्त्रीको भूमिकाका लागि आवश्यक गृहकार्यमा जुट्न सुझाव दिएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै नेता भण्डारीले देउवा नेतृत्वमा विगतमा भएका प्रयासको पर्याप्त प्रभावकारी कार्यान्वयन र प्रचार नहुँदा जनतामा गहिरो प्रभाव पार्न नसकेको टिप्पणी गरे।

advertisement

एक केन्द्रीय सदस्यका अनुसार भण्डारीले प्रतीकात्मक रूपमा भनेका थिए, “सभापतिज्यूले हँसिया त धेरै बनाए तर घाँस काट्न सकेनन्” — जसको अर्थ, उनले धेरैलाई जिम्मेवारी बाँडे पनि अपेक्षित परिणाम आउन सकेन।

नेता भण्डारीले अबको राजनीतिक परिस्थितिमा देउवाले प्रधानमन्त्री बन्ने सम्भावना बलियो भएको उल्लेख गर्दै त्यसपछि के–कस्ता कार्य प्राथमिकतामा राख्ने भन्ने विषयमा स्पष्ट खाका तयार गर्न आवश्यक रहेको बताए।

“प्रधानमन्त्री बनेपछि के गर्ने? कुन खालका निर्णय लिने? त्यसको स्पष्ट खाका र तयारी अहिलेदेखि नै हुनु आवश्यक छ,” भण्डारीले भने।

उनको टिप्पणीले कांग्रेस नेतृत्वलाई योजनाबद्ध ढंगले अघि बढ्न र आगामी राजनीतिक अवसरलाई प्रभावकारी रूपमा सदुपयोग गर्न आवश्यक रहेको सन्देश दिएको छ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com