काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज साँझ ६ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ। बैठकमा सरकारका नियमित कार्यसञ्चालन तथा प्रशासनिक विषयहरूमा छलफल हुने जनाइएको छ।

advertisement

यसअघि प्रधानमन्त्री ओलीले दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संसद्मा उनले हालै सम्पन्न स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय चौथो ‘विकासका लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलनसम्बन्धी विषयमा जानकारी दिने छन्।

प्रधानमन्त्री ओली ६ दिने औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका थिए। उनले असार १४ गते स्पेनको सेभिया सहरमा आयोजित सम्मेलनमा भाग लिन प्रस्थान गरेका थिए।

सम्मेलनका क्रममा ओलीले विभिन्न राष्ट्रप्रमुख, उच्च अधिकारी तथा सरोकारवालासँग भेटवार्ता गर्दै नेपालको विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको सन्देश दिएका थिए।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com