काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा आज रास्वपाका प्रवक्ताले निजामती विधेयकको कुलिङ पिरियडमा छानबिन समितिको नेतृत्व कांग्रेसले गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले जुन दलसँग सम्बन्धित नेतामाथि प्रश्न उठेको छ त्यसले समितिको नेतृत्व गर्न नहुने बताए ।

advertisement

उनले भने, ‘जुन दलसँग सम्बन्धित नेतामा औला उठेको थियो त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा चलेको थियो। तर आज त्यो बिर्सँदै हुनुहुन्छ। जुन व्यक्तिको नाम जोडिएको छ त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर तपाईँहरूले भन्नुभएको थियो त्यो पनि बिर्सिनुभयो ।’

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com