काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण अहिलेसम्म ८१ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। उद्धार र खोजी कार्य तीव्र रूपमा जारी छ।
सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ २८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। केर काउन्टीकै नदी किनारमा रहेको एक बालिका शिविर क्याम्प मिस्टिक पूर्ण रूपमा डुबानमा परेपछि १० बालिका र एक सल्लाहकार अझै बेपत्ता रहेका छन्।
अन्य क्षेत्रको विवरण अनुसार ट्राभिस काउन्टीमा ५, बर्नेटमा ३, विलियमसन र केन्डल काउन्टीमा २/२ तथा टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु पुष्टि भएको छ।
अमेरिकी आपतकालीन सेवा निकायका अनुसार मृत्यु संख्या अझै बढ्न सक्नेछ, किनभने बेपत्ताहरूको खोजी कार्य जारी छ र अवस्था द्रुत रूपमा परिवर्तन भइरहेको छ।
केर काउन्टीमा मात्रै हालसम्म १० बालबालिकासहित २८ जनाको शव निकालिएको जनाइएको छ।
यसैबीच, अमेरिकी मौसम विभागले आगामी २४–४८ घण्टामा टेक्सासका केही क्षेत्रमा आँधी–हावाहुरीसहित पुनः भारी वर्षा हुने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया