काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले असार सुरु भएपछि नेपालमा मल र कृषि मन्त्री ‘हराउने’ पुरानै नियति दोहोरिएको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बाँस्कोटाले असार लागेपछि मल संकट र जिम्मेवार मन्त्रीको अनुपस्थितिको अवस्था हरेक वर्ष दोहोरिने गम्भीर समस्या भएको बताएका हुन्।
“कृषि मन्त्रीज्यू भन्नुहोला, ‘म यहीँ छु’ भनेर, तर नेपालमा असार सुरु भएलगत्तै मल र मन्त्री हराउने नियति जस्तै बनेको छ,” उनले भने।
उनले भूकम्पपछि राहत बाँडेजस्तै तरिकाले १० केजी मल बाँडेर कृषिमा सुधार ल्याउने सोच भ्रमपूर्ण भएको बताए।
“भूकम्पमा १०–१० केजी राहत बाँडियो, अहिले पनि त्यही शैलीमा मल बाँड्ने हो भने उत्पादन र उत्पादकत्व कसरी बढ्छ?” भन्दै बाँस्कोटाले सरकारको नीतिगत असफलतामाथि प्रश्न उठाए।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया