काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणापछि भएको उक्त भेटमा चौधरीले सुदूरपश्चिम सरकारमा पार्टीको तर्फबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बिना कारण हटाइएकोप्रति गुनासो गरेका थिए।

advertisement

बालुवाटार स्रोतका अनुसार चौधरीले मन्त्री बर्खास्तप्रति असन्तुष्टि जनाउँदै संघीय सरकारप्रति पार्टीको समर्थन कायमै राख्ने वा फिर्ता लिने विषयमा पुनर्विचार गरिने बताएका छन्।

यसअघि मन्त्री हटाएको घटनालाई लिएर संरक्षक चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए। साथै, अब पार्टी प्रतिपक्षमा बस्ने घोषणा समेत गरिएको थियो।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com