काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अवकाशबारे निर्णय अरूको सुझाबले नभई आफैँले गर्ने स्पष्ट पारेका छन्।
सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले देउवालाई अवकाश दिने समय आएको भन्दै धन्यवाद दिएपछि देउवाले त्यसको जवाफमा मुस्कुराउँदै प्रतिक्रिया दिएका थिए।
“मैले के गर्छु, त्यो मेरो कुरा हो,” देउवाले भने, “म अलि अप्ठ्यारो मान्छे हो नि, अरूले भनेर गर्ने म होइन।”
उनको जवाफपछि बैठक हलमा सहभागी नेताहरूबीच हल्का हाँसोको माहोल बनेको थियो।
देउवाले पार्टीको विधानअनुसार आफूले पाँच वर्षे कार्यकाल प्राप्त गरेको र संविधानले थप पाँच महिना समय दिएको पनि उल्लेख गर्दै संकेत गरे कि आफू समयमै निर्णय लिने पक्षमा छन्।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया