काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसमा आवद्ध भएको आधारमा कोही कसैले पनि फौजदारी वा भ्रष्टाचारको मुद्दामा उन्मुक्ति पाउनु नहुने स्पष्ट पारेका छन्।
सोमबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले कानुनी शासनमा पार्टीको स्पष्ट आस्था रहेको बताए।
“हामी कानुनी शासनमा दृढ विश्वास गर्छौं,” उनले भने, “कसैलाई नअवस्था झेल्न दिनुहुन्न, तर प्रचलित कानुनअनुसार दोष लागेको भए, कांग्रेसकै व्यक्ति भएको नाताले उन्मुक्ति दिन मिल्दैन।”
थापाले निर्दोषलाई न्याय मिल्नुपर्ने र दोषी जो भए पनि कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार












प्रतिक्रिया