काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा चलाइएको न्याय अभियानमा हस्ताक्षर गर्दै समर्थन जनाएकी छन्।

बिहीबार उनले वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर सो अभियानमा हस्ताक्षर गरेकी हुन्।

हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले लामिछानेमाथि राज्यले अन्यायपूर्ण व्यवहार गरेको धारणा राखिन्। “रविमाथि गरिएको व्यवहार न्यायसंगत देखिँदैन,” उनले भनिन्, “यो मुद्दामा नागरिक आवाज उठाउनु जरुरी छ।”

उनको उपस्थितिलाई रास्वपाका नेताहरूले सकारात्मक रुपमा लिएका छन् भने अभियानमा जनस्तरबाट चासो बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com