तस्बिर: ANFA

काठमाडौं ।  बंगलादेशमा जारी यू-२० महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलङ्काबीच बिहीबार प्रतिस्पर्धा हुँदैछ। खेल ढाकास्थित बुन्गशुधा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुने बताइएको छ।

च्याम्पियनसिपमा चार राष्ट्र सहभागी छन्। डबल राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगितामा दुई चरणको खेलपछि सर्वाधिक अंक लिने टोलीले उपाधि जित्नेछ।

हालसम्मको प्रदर्शनअनुसार नेपाल तीन खेलमा ६ अंकसहित दाेस्रो स्थानमा रहेको छ। आयोजक बंगलादेश ९ अंकसहित शीर्ष स्थानमा रहँदा, भुटान ३ अंकसहित तेस्रो र श्रीलङ्का अंकविहीन अवस्थामा चौथो स्थानमा रहेको छ।

नेपाल र श्रीलङ्काबीचको खेल यस प्रतियोगितामा दोस्रो पटक हुँदैछ। पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालले बुधबार भुटानसँगको खेलमा ६-१ को अन्तरले जित हासिल गरेको थियो। श्रीलङ्काले मंगलबार बंगलादेशसँग २-३ को अन्तरले हार व्यहोरेको थियो।

आजको खेलमा नेपालले पुनः विजय हात पार्दै उपाधि होडलाई जीवन्त राख्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com