काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकमा विधान महाधिवेशनसम्बन्धी एजेण्डामा औपचारिक छलफल सुरु गरिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते बोलाइएको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप सचिवालय बैठक आह्वान गरिएको हो।

advertisement

पार्टीले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसको तयारी स्वरूप सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू क्रमशः सञ्चालन गरिँदैछन्।

आजको बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावहरू पेस हुने छन्।

पार्टीले जानकारी दिएअनुसार राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नेछन्।

महाधिवेशनलाई लक्षित गर्दै पार्टी भित्रको सांगठनिक पुनरावलोकन, नीतिगत स्पष्टता र विधान अद्यावधिक गर्न व्यापक तयारी थालिएको एमाले स्रोतले जनाएको छ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com