काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङमा भएको धारिलो हतियार आक्रमणमा एक जनाको ज्यान गएको छ भने अर्का गम्भीर घाइते भएका छन्।

बुधबार राति भएको घटनामा २१ वर्षीय प्रकाश चापागाईंको घटनास्थलमै मृत्यु भएको हो। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई पक्राउ गरेको छ।

advertisement

शेर्पाले सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुरालीमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनका भाइ प्रकाशमाथि धारिलो हतियारले प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका निरोज चापागाईंलाई प्रारम्भिक उपचारपछि झापातर्फ थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com