काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म करिब दुई घण्टा उनीहरूबीच वार्ता भएको हो।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको छ। पछिल्लो समय सत्ता गठबन्धनभित्र देखा परेको असहज परिस्थितिका बीच भएको यो संवादलाई राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ।

advertisement

“खुमलटारमा अध्यक्ष प्रचण्डसँग डा. कोइरालाको भेट भएको हो,” थपलियाले भने, “भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ।”

सत्तारूढ दलहरूबीच विश्वासको संकट चुलिँदै गइरहेका बेला दुई नेताबीचको यो भेट भविष्यको राजनीतिक समीकरण र सहकार्यका संकेतका रूपमा हेरिएको छ। बैठकबारे दुबै पक्षले औपचारिक विवरण सार्वजनिक नगरे पनि स्रोतहरूका अनुसार सत्ता गठबन्धनको आगामी दिशा, सम्भावित पुनःगठन, र साझा रणनीतिबारे समेत छलफल भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com