काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणालाई पार्टीभित्र औपचारिक छलफलको विषय बनाएको छ।
बिहीबार बसेको एमाले सचिवालय बैठकमा भण्डारीको पार्टीमा भूमिकाबारे प्रारम्भिक छलफल भएको सचिव योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार, भण्डारीको सक्रिय सहभागिता भएमा उपयुक्त र सम्मानजनक स्थान दिनुपर्ने विषयमा पार्टीभित्र संवाद चलिरहेको छ।
‘उहाँ पार्टीमा सक्रिय हुन आउनुहुन्छ भने उचित र सम्मानजनक स्थान सुनिश्चित गर्नुपर्छ,’ सचिव भट्टराईले भने, ‘यो विषय पार्टीको उच्च तहमा छलफल होस् भन्ने हाम्रो चाहना हो। अध्यक्ष ओलीले उहाँसँग प्रत्यक्ष संवाद गरेर स्पष्टता ल्याउनुहुनेछ, त्यसपछि कमिटीमा विस्तृत छलफल हुनेछ।’
भट्टराईका अनुसार, अध्यक्ष ओलीले पनि आवश्यक परे छलफल गर्न तयार रहेको बताएका छन्। उनले भण्डारीले पार्टी प्रणाली र संरचना राम्रोसँग बुझेको उल्लेख गर्दै एमालेसँग उनलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने क्षमता रहेको बताए।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया