काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान भेटवार्ता भएको छ।

पूर्वराष्ट्रपति भण्डारीको बुढानीलकण्ठस्थित निवासमा भएको करिब एक घण्टाको भेटमा समसामयिक राजनीतिक विषयहरूमा विस्तृत छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

advertisement

भेटका क्रममा डा. कोइरालाले आफू भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएको र सुशासनको पक्षमा प्रतिबद्ध रहेको बताए। उनले पूर्वराष्ट्रपति भण्डारीलाई पनि उक्त अभियानमा साथ दिन आग्रह गरेका थिए। कोइरालाको भनाइमा हालको सरकारले अपेक्षित रूपमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको थियो।

यस क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू सुशासन समर्थक प्रयासमा साथ दिन तयार रहेको प्रतिक्रिया दिएकी थिइन्। साथै, अब सक्रिय राजनीतिमा फर्किन लागेको उल्लेख गर्दै उनले डा. कोइरालासँग सहयोग र समर्थन पनि मागेकी थिइन्।

भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, सुशासन र भावी राजनीतिक भूमिकाका विषयमा गहन छलफल भएको स्रोतको दाबी छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com