काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान सम्बन्धी मुद्दाबाट उच्च अदालतले दिएको सफाइको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ।

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत जनकपुर अन्तर्गत वीरगञ्ज इजलासको गत जेठ १४ गतेको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको हो। सरकार पक्षले उक्त फैसलाले न्यायमा क्षति पु¥याएको ठहर गर्दै सर्वोच्चमा पुनरावलोकनको माग गरेको हो।

advertisement

पुनरावेदनमार्फत अफताब आलमसहितका सबै आरोपितहरूलाई दोषी ठहर गर्न माग गरिएको छ। साथै, जिल्ला अदालतबाट सफाइ पाएका अन्य केही व्यक्तिहरूलाई पनि दोषी ठहर गरिनुपर्ने मागसमेत गरिएको छ।

आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनताका रौतहटमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोप लागेको थियो। उक्त घटनामा घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा हालेर हत्या गरिएको आरोप थियो।

उच्च अदालतको फैसलापछि सार्वजनिक रूपमा आलोचना चुलिएपछि सरकार उक्त निर्णयप्रति असहमति जनाउँदै सर्वोच्च अदालत पुगेको हो। अब सर्वोच्च अदालतले पुनरावेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै फैसलाको पुनरावलोकन गर्नेछ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com