काठमाडाैं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै जिप दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्। बादँरपानीबाट रुघा हुँदै खलङ्गा जाँदै गरेको लु १ ज ४११२ नम्बरको जिप आज बिहान अनियन्त्रित भई सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, २० वर्षीया सरिता केसी, २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ की शिवकुमारी शर्मा घाइते भएका छन्।

advertisement

घाइतेहरूको उद्धार गरी तत्कालै जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केहीको अवस्था मध्यम रहेको छ। उनीहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको बताइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ। दुर्घटना हुँदा जिपमा चालकसहित १० जना सवार थिए।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com