काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल हुनेछ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानका केही व्यवस्था परिवर्तन गर्ने प्रस्ताव गरेको छ । ती प्रस्तावलाई पोलिटब्यूरो बैठकमा छलफल गरेर पारित गरिनेछ ।

advertisement

त्यसपछि ती प्रस्ताव केन्द्रीय कमिटी बैठक हुँदै आगामी भदौ महिनामा हुने विधान महाधिवेशनले अनुमोदन गर्नेछ । सचिवालय बैठकले ७० वर्षे उमेरहद, २ कार्यकाल, पदाधिकारी सङ्ख्या र विधान महाधिवेशन प्रतिनिधिबारे केही नयाँ निर्णय गरेको थियो ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com