काठमाडौँ । नेकपा (एकता राष्ट्रिय अभियान) का अध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकता चार वर्षदेखिको प्रयासपछि सफल भएको बताएका छन्।
शुक्रबार आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै गौतमले आफूले लामो समयदेखि एकता प्रयास गर्दै आएको र अन्ततः त्यसमा सफलता मिलेकोमा गहिरो सन्तुष्टि व्यक्त गरे। “चार वर्षदेखि प्रयास गरिरहेको थिएँ। अन्ततः आज त्यो सपना पूरा भयो,” उनले भने।
गौतमले भौगोलिक रूपमा पार्टी कार्यालयहरू नजिक भए पनि राजनीतिक रूपमा त्यो दूरी पार गर्न चार वर्ष लागेको उल्लेख गरे। “मेरो अफिस सैँबु आवास क्षेत्रमै छ। दूरी धेरै होइन। तर, त्यहाँबाट एकीकृत समाजवादीको कार्यालयसम्म आइपुग्न चार वर्ष लाग्यो,” उनले व्यंग्यात्मक शैलीमा भने।
उनले अब एकतापछि साझा विचार र उद्देश्यका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। गौतम र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बीचको एकता घोषणासँगै अब नयाँ पार्टी संरचना निर्माणको प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया