काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक औसत २.५५ किलोमिटर सडक निर्माण भएको उल्लेख गर्दै मुलुकले भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको दाबी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत ‘समृद्धिको बाटो’ शीर्षकमा सार्वजनिक गरिएको सन्देशमा प्रधानमन्त्री ओलीले पछिल्लो छ वर्षको तुलनामा देशले अहिले सबैभन्दा तीव्र गतिमा भौतिक पूर्वाधार निर्माणमा फड्को मारेको उल्लेख गरेका हुन्।

advertisement

उनका अनुसार चालु आर्थिक वर्षमा ९३२ किलोमिटर सडक कालोपत्र भएको छ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “छ वर्षअघि हाम्रो सरकार हुँदा भौतिक पूर्वाधारको विकास गति उच्च थियो। त्यसबीचमा त्यो गति केही समयका लागि सुस्त भयो। अहिले पुनः हाम्रो नेतृत्वमा सरकार गठन भएपछि विकासको गति फेरि तीव्र भएको तथ्याङ्कले देखाएको छ। यो गति अझ तीव्र बनाउँदै लैजानुपर्छ।”

प्रधानमन्त्री ओलीले इन्जिनियर्स डेको अवसरमा देशभरका इन्जिनियरहरूलाई शुभकामना दिँदै, भौतिक पूर्वाधारदेखि प्रविधि विकाससम्मको यात्रामा उनीहरू राष्ट्रका भरपर्दो जनशक्ति भएको बताएका छन्।

“देशको समृद्धि र आधुनिकता निर्माणका लागि इन्जिनियरहरूको योगदान प्रशंसनीय छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनका अनुसार विकास र निर्माणको अभियानमा प्राविधिक जनशक्तिको सक्रिय सहभागिता मुलुकलाई आत्मनिर्भरता र समृद्धितर्फ लैजाने प्रमुख आधार हो।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com