काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतमा बोर्डको स्थायी कार्यालय खोलेर नेपालको पर्यटन प्रवर्धन गर्ने भएको छ ।

बोर्डले नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठुलो पर्यटक स्रोत बजार भारत रहेकाले दिल्लीमा स्थायी कार्यालय खोलेर पर्यटन प्रवर्धनका कार्यक्रम अघि बढाउने तयारी गरेको हो ।

advertisement

चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा खर्च गर्ने जनाउँदै बोर्डले अन्तर्राष्ट्रिय बजार प्रवर्धनमार्फत नेपाललाई सुरक्षित, भरपर्दो र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थायी कार्यालय खोल्न लागेको जनाएको छ । बोर्डले चालु आवका लागि झन्डै एक अर्ब ६० करोड रुपियाँ बराबरको बजेट ल्याएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले भने, “भारत पहिलो पर्यटन स्रोत बजार हो । सन् २०२४ मा भारतबाट चार लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतको विशाल पर्यटकीय बजारलाई आकर्षित गर्न विश्वका पर्यटन व्यवसायी भारत केन्द्रीत रहेकाले भारतमा कार्यालय स्थापना गरेर पर्यटन प्रवर्धन गतिविधि बढाइने छ ।”

बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अस्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का मलेसिया, थाइल्यान्ड र युरोपका विभिन्न देशमा समेत प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com