काठमाडौं । अविरल वर्षाका कारण दिक्तेल गाईघाट सडक अवरुद्ध भएको छ ।
गयराती परेको अविरल वर्षाका कारण सो सडकखण्डको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नम्बर ४ रेग्मीटारदेखि तुवाखोलासम्म अन्दाजी ४ किलोमिटर क्षेत्रमा पहिरो खसेको तथा सडक पानीले खोलेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
पानीले बाटो खोलेको, र वर्षात भईरहेका कारण सो सडकखण्डमा तत्काल लागि सवारीसाधन आवतजावत नहुने प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया