काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता पहिल्यै नवीकरण भइसकेको बताएका छन्।

महासचिव शंकर पोखरेलको भनाइ उद्धृत गर्दै पोखरेलले सदस्यता नवीकरण गर्ने विषय नै नरहेको दाबी गरे। हाल भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जिम्मेवारीबारे छलफल गरिरहेको उनले जानकारी दिए।

तर पोलिटब्यूरो बैठकले भण्डारीको सदस्यता अझै नवीकरण नभएको निष्कर्ष निकालेको थियो। त्यसपछि भण्डारी सोमबार च्यासलस्थित पार्टी कार्यालय पुगेर ओलीसँग भेट गरेकी हुन्।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com