काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्कामा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हरिवन नगरपालिका–४, सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो । बागवानीस्थित लच्कामा चार लेनको सडक बनाउने क्रममा कलभर्ट निर्माण भइरहेको ठाउँमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को १ ख ५९३८ नम्वरको तेल बोक्ने खाली ट्याङकर र लालबन्दीतर्फ आउँदै गरेको बा। ८७ प १३७० नम्वरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

ट्याङकरसँग ठोक्किँएपछि गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए । उनका अनुसार ट्याङकर र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com