काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (विप्लव नेतृत्व) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।
बिहीबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक परिदृश्य, समाजवादी मोर्चाको तयारी र आउँदो बैठकसम्बन्धी विषयमा गम्भीर छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।
छलफलमा दुबै नेताहरूले समाजवादी मोर्चालाई प्रभावकारी बनाउँदै देशको वैकल्पिक राजनीतिक दिशाबारे समन्वय गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।
समाजवादी मोर्चाका संयोजकसमेत रहेका विप्लवले मोर्चाको बैठक आगामी साउन ११ गतेका लागि आह्वान गरिसकेका छन्। बैठकमा मोर्चाका संरचना, कार्यदिशा तथा समसामयिक राजनीतिक चुनौतिबारे रणनीतिक निर्णय हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया