काठमाडौं ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना सरकारको राजस्व लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन सकेन।

गत आवमा विभागले कुल ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सक्यो, जुन ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँको लक्ष्यको ८३.०१ प्रतिशत मात्र हो। विभागले अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाएको भए पनि सोही अनुसार संकलन हुन नसकेको देखिएको छ।

अघिल्लो आव २०८०/८१ मा भन्सार राजस्वको लक्ष्य ६ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ थियो तर संकलन ४ खर्ब २४ अर्ब २४ करोडमा सीमित भएको थियो, जुन ६७.६ प्रतिशत मात्र हो। लक्ष्य घटाएर ५ खर्ब ८२ अर्बमा झारे पनि यो वर्ष पनि राजस्व संकलन अपुग भएको विभागको निष्कर्ष छ। हालको राजस्व वृद्धिदर १४.१ प्रतिशत रहेको छ।

भन्सार विभागका अनुसार १२ महिनामध्ये सबैभन्दा बढी राजस्व संकलन जेठ महिनामा भएको थियो, जहाँ ५४ अर्ब ९७ करोडको लक्ष्यमा ४९ अर्ब ६२ करोड संकलन (९०.३%) हुन सकेको थियो। सबैभन्दा न्यून संकलन कात्तिकमा देखिएको छ, जहाँ ४६ अर्ब ३५ करोडको लक्ष्यमा ३३ अर्ब ८८ करोड (७३.१%) मात्र उठेको थियो।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com