जनकपुरधाम । सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
ज्यान गुमाउनेमा रुपनी गाउँपालिका–२, पौवाटोल निवासी ४५ वर्षीय बालेश्वर मण्डल र उनकी ३५ वर्षीया पत्नी रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ५:४५ बजे करेन्ट लागेर दम्पतीको मृत्यु भएको जानकारी प्राप्त भएको हो। प्रारम्भिक अनुसन्धानमा राति नै घरमै सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेको आशंका गरिएको छ।
दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया