काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

क्यानका अनुसार अक्सनका लागि हालसम्म कुल ४५८ नेपाली खेलाडीले नाम दर्ता गराएका छन्। दर्ता भएका खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटा फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराइनेछ।

अन्तिम अक्सन सूची भने क्यानको प्राविधिक समितिले मापदण्डका आधारमा तयार पार्नेछ। अक्सनमा सहभागी हुने खेलाडी छनोट गर्दा टोलीहरूको प्राथमिकता र खेलाडीको योग्यता हेर्ने क्यानले जनाएको छ।

यसअघि आठै टोलीले आफ्नो रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन्। दोस्रो संस्करणको एनपीएलले नेपाली क्रिकेटमा थप प्रतिस्पर्धा र अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com