नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको घलेभन्ज्याङस्थित वाइसियल (YCL) सदस्य बिरबहादुर तामाङको घर पछाडि ठूलो पहिरो जाँदा उद्धारका लागि वाइसियल टोली खटिएको छ।
आज बिहान पहिरो गएको खबर प्राप्त भएपछि वाइसियल नेपाल नुवाकोट जिल्ला समिति सचिव सुरेन्द्र लामा नेतृत्वको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको जिल्ला समितिले जनाएको छ। उद्धार कार्यका क्रममा पहिरोका कारण पञ्चकन्या–४ हुँदै काठमाडौं जाने सडकसमेत अवरुद्ध भएको थियो।
वाइसियल टोली, इलाका प्रहरी र स्थानीय बासिन्दाको समन्वयमा सडक खुलाउने काम सम्पन्न भएको जनाइएको छ। टोलीले सम्भावित मानवीय क्षति रोक्न तत्काल राहत तथा उद्धार कार्यमा सक्रियता देखाएको थियो।
वाइसियल जिल्ला समितिले विपद् व्यवस्थापनमा अग्रपङ्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाभरका वाइसियल सदस्यहरूलाई आ-आफ्नो क्षेत्रमा सतर्क र सक्रिय रहन अनुरोध गरेको छ।
वाइसियल नेपाल, नुवाकोट जिल्ला समितिका अध्यक्ष जलन गजुरेलद्वारा जारी विज्ञप्तिमा लगातारको वर्षाका कारण विभिन्न स्थानमा विपद् आउन सक्ने भएकाले सबैलाई तयारी अवस्थामा रहन आह्वान गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया