काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी छ।

बैठकमा पार्टीले आगामी रणनीति तय गर्दै समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाम अन्तिम रूप दिन लागिपरेको छ। यो कार्य निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सम्पन्न गर्नुपर्ने भएको छ।

एमाले सचिवालय बैठक को मुख्य एजेन्डा दुईवटा विषयमा केन्द्रित छ। पहिलो, २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समग्र समीक्षा गर्नु, र दोस्रो, समानुपातिक प्रणालीअनुसार पार्टीले पाउने सिटमा पठाउने सांसदहरूको नाम छनोट गर्नु हो।

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न तीन दिनको समयसीमा दिएको छ। सो समयभित्र नाम बुझाउन एमालेले गृहकार्य तीव्र पारेको छ।

ओलीको निवासमा जारी सचिवालय बैठकमा पार्टीका शीर्ष नेताहरू उपस्थित रहेका छन्।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com