काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ।

दिउँसो भएको भेटमा दुई शीर्ष नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्भित्रको समीकरण तथा बागमती प्रदेशमा देखिएको सत्ता संकटबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार भेटमा विशेष गरी समाजवादी मोर्चाको भूमिकाबारे, संघीय संसद्भित्रको शक्ति सन्तुलन र बागमती प्रदेशमा देखिएको सरकार गठनसम्बन्धी विवाद मुख्य एजेन्डा बनेका थिए।

यद्यपि नेताहरूबीच भएको भेटका सम्पूर्ण बुँदाहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

यसअघि आइतबार पनि उनीहरूबीच छुट्टै भेटवार्ता भएको थियो। पछिल्ला दिनहरूमा राजनीतिक दलहरूबीच बढ्दो संवाद र परामर्शलाई आगामी राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com