काठमाडौं ।  एन्डरसन तेन्दुलकर ट्रफी अन्तरगत बिहीबार ओभलमा सुरु हुने पाँचौँ टेस्टमा भारतले स्टार बलर जसप्रित बुमराहलाई आराम दिने भएको छ।

मेडिकल टिमले उनमा ढाडको समस्या भएकाले थप आराम आवश्यक भएको भन्दै पाँचौँ टेस्टमा आराम गर्ने सल्लाह दिएको हो।

गत वर्षदेखि नै ढाडको समस्याले सताइएका उनले यो शृङ्खलामा तीन खेल मात्र खेल्ने पक्का भएको तथा अन्य दुई खेल अनिश्चित भएको भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ।

यसअघि चार मध्ये दोस्रो टेस्टमा पनि बुमराहलाई आराम दिइएको थियो। सो खेलमा भारतले सफलता पाएको थियो।

बुमराह यस सिरिजमा मोहम्मद सिराजसँगै धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। यी दुवैले १४ विकेट लिएका छन्। भारतीय प्रशिक्षक गम्भीरले दुई दिन अघि बुमराहले पाँचौँ टेस्ट खेल्ने बताएका थिए।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com