तस्बिर : ANFA

काठमाडौं । भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ।

दशरथ रंगशालामा आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गरिएको हो। प्रतियोगिता आगामी अगस्ट ६ देखि ११ तारिखसम्म भुटानमा हुनेछ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले यसै साता नेपाली टोलीको घोषणा गरेका थिए। छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ नेपालसँगै दक्षिण कोरिया, भुटान र साउदी अरेबिया पनि छन्।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com