सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो एक पुरानो घर अचानक भत्किँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

advertisement

चन्द्रनगर गाउँपालिका–६ स्थित कामद टोलमा रहेक‍ो नबिन सिंहको दुईतले पुरानो पक्की घर मंगलबार अपराह्न करिब साढे ४ बजे अचानक भत्किएको हो ।  सोही घरको आँगनमा खेलिरहेका बालक अरुण माझीलाई भत्किएको घरले पुरेको थियो

घटनाको खबर पाउनेबित्तिकै प्रहरी चौकी नाढीमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबीसहितको उद्धार टोली परिचालन गरिएको थियो ।

प्रहरीले अन्य व्यक्ति पनि च्यापिएको हुन सक्ने आशंकामा मलबा हटाउने कार्यलाई तीव्र बनाएको छ । हाल घटनास्थलमा उद्धारकार्य जारी रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com