काठमाडौं ।   सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम गरेको छ। यसअघि ५ वर्षको अवधि रहेको लाइसेन्स अब १० वर्षसम्म मान्य हुने व्यवस्था गरिएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरी लाइसेन्सको अवधि बढाइएको हो। यसबारे व्यवस्था समेटिएको विधेयक हालै राजपत्रमा प्रकाशित गरिएको छ।

संशोधनअनुसार लाइसेन्सको नवीकरणबाट मान्य हुने अवधि पनि १० वर्ष हुनेछ। यसअघि नवीकरण गर्दा लाइसेन्सको मान्यता ५ वर्षका लागि हुने गर्थ्यो।

नयाँ कानुनी व्यवस्थाले सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई पनि सहभागी हुन दिने प्रावधान गरेको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com