काठमाडौं । चर्चित हास्य कलाकार सुलेमान शंकर ‘इकु’ गहिरो शोकमा परेका छन्। उनकी पत्नी सम्झना घिमिरेको ४२ वर्षको उमेरमा साउन १० गते निधन भएको हो।

मिर्गौला सम्बन्धी समस्याबाट पीडित घिमिरे लामो समयदेखि उपचाररत थिइन्। यद्यपि निधन अघिल्लो साता भए पनि उनका छोराको अमेरिका बसाइका कारण अन्त्येष्टि केही दिन ढिलो गरी शुक्रबार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पारिवारिक उपस्थितिमा सम्पन्न गरिएको हो।

इकु र सम्झनाका एक छोरा र एक छोरी छन्। पत्नीको असमयिक निधनले कलाकार शंकरको परिवार शोकमा डुबेको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com