काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अमेरिकी सहयोग परियोजना एमसिसी (MCC) का विषयमा फेरि विवादास्पद अभिव्यक्तिसहित सार्वजनिक भएका छन्।
एमसिसी परियोजना संसदमा पारित हुँदै गर्दा आफू सडकमा विरोधमा रहेको दाबी गर्दै उनले त्यसबेलाका चर्चित व्यक्तिहरूको भूमिकामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत साम्पाङले लेखेका छन्, “हामी त सडकमा थियौँ! एमसिसी पास भइरहँदा कुलमान जीको भूमिका के थियो साँच्चै?” उनले अगाडि थपे, “यो कुरा धेरै महत्वपूर्ण छ है! स्वर्णीम जी त एमसिसीको मतियार नै हो क्यार!”
उनको टिप्पणी हालसालै एमसिसीमार्फत नेपालमा पुनः लगानी प्रवाह भइरहेकै सन्दर्भमा आएको हो।
साम्पाङ पूर्वदेखि नै एमसिसीविरुद्ध खुलेर आलोचनात्मक धारणा राख्दै आएका छन्। अहिले पुनः सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिले राजनीतिक र सामाजिक वृत्तमा बहस सुरु भएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया