तस्बिर: प्रकाश श्रेष्ठ
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहरानजिक यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार अपराह्न सवा ४ बजेतिर बस सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढतर्फ जाँदै थियो। दुर्घटनाको थप विवरण प्राप्त भइसकेको छैन। उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया