काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन मन्त्रीसहितको बैठक सोमबार बिहानका लागि आह्वान गरेका छन्।

सभामुखको सचिवालयका अनुसार संसदको कार्यसूची (क्यालेन्डर) लगायतका विषयमा छलफल गर्न बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बोलाइएको हो।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ। सो बैठकअघि उत्पन्न परिस्थितिलाई सहज बनाउने उद्देश्यले सभामुखले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका हुन्।

भिजिट भिसा सम्बन्धी प्रकरणलाई लिएर रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसद अवरुद्ध गरिरहेकाले पछिल्लो अवस्थाबारे समन्वय र सहमति खोज्न सभामुख सक्रिय भएका हुन्।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com