काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमारी सिंहलाई पार्टीबाट निष्कासन गरेको छ।

समाजवादी महिला संघकी उपाध्यक्षसमेत रहेकी सिंहमाथि पार्टीको नीति, सिद्धान्त र कार्यविधि विपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरिएको हो।

जसपाको केन्द्रीय कार्यालयका सचिव पेशल ढकालद्वारा जारी विज्ञप्तिमा सिंहलाई साधारण सदस्य समेत नरहने गरी आजैदेखि निष्कासन गरिएको उल्लेख छ।

पार्टीले कारबाहीको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। सिंहले यसबारे प्रतिक्रिया दिएकी छैनन्।

 

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com