काठमाडौं ।  पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) नेतृ राम कुमारी झाँक्रीले बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासप्रति तीव्र आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संविधानदेखि परम्परासम्म परिवर्तन गरेर महिलालाई अधिकार दिलाउने संघर्ष अझै अपूरो रहेको उल्लेख गरेकी छन्।

“पितृसत्ताले ग्रसित त्यो समाजमा मुलुकी ऐनको ११ औं संशोधनको माग गर्नु पनि कठिन थियो,” झाँक्रीले लेखेकी छन्, “संविधान, ऐनदेखि परम्परा नै फेरेर महिलालाई मान्छे बनाउने संघर्षमा फाटेका पैतलाका छाला अझै निको भएका छैनन्।”

उनले बहुविवाहलाई पुनः कानुनी मान्यता दिने प्रयासप्रति चेतावनी दिँदै लेखेकी छन्, “यति छिटो हाम्रै जीवनमा बहुविवाह गर्न पाउने कानून बनाउन को तम्सियो हँ? हिसाब हामीसँग पनि छ।”

हालसालै बहुविवाहसम्बन्धी कानुनी बहस सार्वजनिक चासोको विषय बनेपछि झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com