काठमाडाैं । भारतको उत्तराखण्डमा गएको भीषण बाढीपछि धादिङको ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना नेपाली सम्पर्कविहीन भएका छन्।
५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५ वर्षीय फेलामा तामाङ र ४८ वर्षीय सिंहबहादुर तामाङ उत्तरकाशीस्थित धराली बजारमा ज्याला मजदुरी गर्न गएका थिए। गत मंगलबार बाढी आएदेखि उनीहरू परिवारसँग सम्पर्कमा छैनन्।
जिल्ला प्रशासन कार्यालय धादिङले गृहमन्त्रालय र भारतस्थित नेपाली दूतावासमार्फत खोजी तथा समन्वय प्रक्रिया अघि बढाएको जनाएको छ। परिवारका सदस्यहरू पनि उत्तराखण्ड पुगेर खोजीमा जुट्ने तयारीमा छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया