सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–१० गोलुवामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारका अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप बिहान करिब साढे ८ बजे करिब १०० मिटर तल खसेको हो।
घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको छ। तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया