काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवामा गएराति बोलेरो जिप दुर्घटना हुँदा चौरीदेउराली गाउँपालिका–६ का वडाध्यक्ष किशोरराज गिरीसहित ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा वडाध्यक्ष गिरीको देब्रे खुट्टा फ्याक्चर भई काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घाइते अन्य चारजनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। उनीहरूमा पदम कुमार दुलाल, डिल्ली प्रसाद गौतम, हाटुज राज गिरी र तेजबहादुर पन्थ छन्।
गएराति करिब १० बजे चौरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो ब्रेक फेल भई माटोको ढिस्कोमा ठोक्किएको थियो। बोलेरो चालक पाँचखाल नगरपालिका–५ का युनिस गौतम भने सकुशल रहेका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया