काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद् भवन निर्माण कार्य निर्धारित समयमै सम्पन्न नहुने अवस्थाप्रति सरकारले गम्भीर चासो व्यक्त गरेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहले निर्माण कार्यमा भइरहेको ढिलाइबारे सबै अवगत रहेको उल्लेख गरे। उनका अनुसार, विगतका कमी–कमजोरीलाई समीक्षा गरी त्यस्ता त्रुटि दोहोरिन नदिने गरी काम अघि बढाइएको छ।
सिंहले समयमै काम सम्पन्न गराउन मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखसम्मलाई बोलाएर निर्देशन दिइसकेको जानकारी दिए। उनले भएका कमजोरी सुधार गर्ने र परियोजना निर्धारित समयमा सम्पन्न गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया